लमजुङ, २० भदौ । नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङ प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिस भएका छन् । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत प्रतिनिधिसभा निर्वाचनमा सदस्यको उम्मेदवारका लागि प्रत्यक्षतर्फ सिफारिस भएका हुन् ।
माओवादी केन्द्र जिल्ला समन्वय समिति लमजुङको आइतबार बसेको दोस्रो पूर्ण बैठकले महासचिव गुरुङको नाम सिफारिस गरेको हो ।
उनीसँगै प्रत्यक्षतर्फ केन्द्रीय सदस्य देवेन्द्र पराजुलीको नाम पनि सिफारिस भएको छ । समानुपातिकमा मधु अधिकारी गुरुङ, उर्मिला माझी र ऋषिराम पौडेलको नाम सिफारिस भएको छ ।
प्रदेश ‘क’ को प्रत्यक्षतर्फ मधु अधिकारी गुरुङ, हरिजङ तामाङ, मेखबहादुर भण्डारी, र होमबहादुर विकको नाम सिफारिस भएको छ । प्रदेश ‘ख’मा विमल अधिकारी र रामचन्द्र पौडेलको नाम सिफारिस भएको छ ।
प्रदेशसभामा समानुपातिकमा जनजाति महिलामा सतीमाया तामाङ, दलित पुरुषमा सुनिल सुनार, देवबहादुर गहतराज, खसआर्य महिलामा शोभा थापा, खसआर्य पुरुषमा नीराजन कुँवर र दयासागर घिमिरे, अल्पसंख्यकमा नन्दबहादुर कुमाल, दलित महिला जुना विक, आदिवासी जनजाति पुरुषमा टकराज गुरुङ र अजय तामाङ र मुस्लिमतर्फ मोहमद जलालदिन मियाको नाम सिफारिस भएको छ ।
प्रतिक्रिया