डेंगु बिरामीले भरियो टेकु अस्पताल [तस्बिरहरू]

काठमाडौं, १९ भदौ । काठमाडौं उपत्यकामा पछिल्ला दिनमा डेंगु संक्रमित बढ्दै गएका छन् । टेकुस्थित शुक्रराज ट्रपिक तथा सरुवा रोग अस्पतालमा पछिल्ला दिनमा दैनिक ७० देखि ८० जना संक्रमित उपचारका लागि पुग्छन् । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले आकस्मिकमा आउने बिरामीलाई सुताउने ठाउँ नभएर एउटा बेडमा दुई जना सुताउनु पर्ने स्थिति छ । 

डेंगु भाइरस ‘एडिस’ जातको लामखुट्टेले सार्ने गर्दछ । यसको शरीर कालो सेतो जेब्राको जस्तै रङ्गको हुन्छ । सङ्क्रमित व्यक्तिलाई टोक्दा रगतमार्फत भाइरस लामखुट्टेको शरीरमा प्रवेश गर्दछ र ८ देखि १२ दिनपछि सो सङ्क्रमित लामखुट्टेले अर्को व्यक्तिलाई टोक्दा भाइरस सर्ने गर्दछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति