प्रदेश सभापति यादबको नाम प्रदेश सदस्यमा सिफारिस

रौतहट, १९ भदौं । नेपाली का“ग्रेस रौतहट क्षेत्र नम्बर १ ले प्रदेश सभा सदस्यको नाम सिफारिस गरेको छ । शनिबार बसेको का“ग्रेस जिल्ला क्षेत्रीय बैठकबाट क्षेत्र नम्बर १ ‘क’ मा नागेन्द्र साह र ‘ख’ मा नेपाली का“ग्रेस मधेस प्रदेश सभापति कृष्ण प्रसाद यादबको नाम सिफरिस भएको हो । कार्यसमितिको बैठकले प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष र समानुपातिक दुबै तर्फका लागि उम्मेदवारको नाम सिफारिस गरिएको का“ग्रेस मधेश प्रदेशका सूचना सञ्चार तथा प्रचारप्रसार विभागका प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिए ।

त्यस्तै समानुपातिकतर्फ ५ जनाको नाम सिफारिस गरेको हो । जसमा क्षेत्र १ ‘ख’ बाट प्रदेश सभा सदस्यमा नेपाली का“ग्रेस मधेस प्रदेश सदस्य तथा प्रचारप्रसार विभाग प्रमुख नितेश कुमार गुप्ता, चिरन्जिवी सिंह, सन्तु प्रसाद यादब, प्रकाश सिंह लगायतका नेताहरुको सर्वसहमत रुपमा नाम सिफारिस भएको हो । त्यसैगरि क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ प्रदेश सभापती कृष्ण प्रसाद यादबकै नाम सिफारिस भएको का“ग्रेस मधेश प्रदेशका सूचना सञ्चार तथा प्रचारप्रसार विभाग प्रमुख नितेश कुमार गुप्ताले बताए ।

सो क्षेत्रमा दुबै पदका लागी सभापती यादबकै नाम सिफारिस गरिएको गुप्ताको भनाइ छ । जिल्लाबाट प्रदेश कार्यसमितिमा पठाइएको उक्त सिफारिसलाई पार्टीको विधानबमोजिम अब प्रदेश कार्यसमितिले राय राखेको आधारमा केन्द्रीय संसदीय समितिले यादबलाई कुनै एक पदमा चयन गर्नेछ । अहिले सत्ता गठबन्धनले भागबण्डा टुङगाउन सकेको छैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति