भ्रष्टाचार आरोपमा निलम्बित कांग्रेस नेता गच्छदार सुनसरी ३ बाट सर्वसम्मत सिफारिस

इटहरी । मंसिर ४ गते हुँदै गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भ्रष्टाचार आरोपमा सांसद पदबाट निलम्बित विजय गच्छदारलाई नेपाली कांग्रेसले सुनसरी क्षेत्र ३ बाट उम्मेदवारमा सिफारिस गरेको छ।

सुनसरी क्षेत्र नम्बर ३ को शनिबार बसेको बैठकले गच्छदारलाई फेरि उम्देवारका रुपमा एकल नाम सिफारिस गरेको हो।

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा किनबेच प्रकरणमा मुछिएका गच्छदारको सांसद पद अहिले निलम्बवनमा छ।

अदालतले अन्तिम फैसला गरि नसकेको अवस्थामा गच्छदार उमेदवार बन्ने नबन्ने अन्यौल थियो।

तर गच्छदारको प्रभावका कारण अन्य आकांक्षीको नाम काटेर उनको मात्रै सिफारिस गरिएको बैठकमा सहभागी एक नेताले बताए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति