मुस्ताङ उडेको समिटको जहाज पोखरा विमानस्थलमै अवतरण

काठमाडौं, १९ भदौ ।  पोखरा विमानस्थलबाट ७ बजेर ५९ मिनेटमा मुस्ताङका लागि उडेको समिट एयरको जहाजमा समस्या आएपछि आपतकालीन अवतरण गरिएको छ ।

पोखरा विमानस्थलबाट उडेको ७ मिनेटपछि जहाजमा समस्या आएको भन्दै सोही विमानस्थलमा अवतरण गरिएको हो ।

१८ यात्रु लिएर मुस्ताङ उडेको जहाजमा इन्टिकेसनमा समस्या आएको भन्दै अवतरण गरिएको पोखरा विमानस्थलका सूचना अधिकारी देवराज चालिसेले जानकारी दिए ।सामान्य अवस्थामै जहाज अवतरण भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति