कांग्रेस सभापति शाही सर्वसम्मत सिफारिस

मुगु, १८ भदौ । नेपाली कांग्रेस मुगुका पार्टी सभापति ऐनबहादुर शाहीलाई मंसिर ४ मा हुने निर्वाचनमा उम्मेदवारको रुपमा सर्वसम्मत नाम सिफारिस गरिएको छ ।

शुक्रबार बसेको बैठकले शाहीलाई प्रतिनिधिसभाको उम्मेदवारका लागि सर्वसम्मत नाम सिफारिस गरेको पार्टी सचिव लोकेन्द्रबहादुर मल्लले बताए । उनका अनुसार जिल्ला कार्य समितिले प्रतिनिधिसभाको खस आर्य समानुपातिकतर्फ पूर्वशिक्षा राज्यमन्त्री हस्तबहादुर मल्ल , महिला समानुपातिक धनसिला मल्ल, र खुल्ला समानुपातिक मिन भामलाई सिफारिस गरेको हो ।

यस्तै, कर्णाली प्रदेशसभा ‘क’अन्तर्गत प्रत्यक्षतर्फ ३ जनाको नाम सिफारिस गरिएको छ । प्रदेशसभाका लागि खगेन्द्रबहादुर मल्ल, हरिजंग शाही, तिलकबहादुर मल्ललाई प्रदेशसभाका लागि नाम सिफारिस गरिएको हो ।

प्रदेश समानुपातिकतर्फ सूर्यदेवि मल्ल महिला र पिछडिएको क्षेत्र, पदम रावल खस आर्य, लक्ष्मी रावत महिला खस आर्य, भीम तिरुवा दलित, च्यावा लामा जनजाति, फुन्जोक लामा जनजाति, रमाइली रावल ख्ला, र खुम्मेनी विक दलित महिलाका लागि समानुपातिकतर्फ नाम सिफारिस गरेको सचिव मल्लले जानकारी दिए ।

साथै प्रदेशसभा ‘ख’अन्तर्गत प्रत्यक्षतर्फ खड्कबहादुर शाही, रतनबहादुर शाही , र लेक विक्रम शाहको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ जन्मजय भण्डारी खस आर्य पिछडिएको क्षेत्र, महेश गिरी अपाङ, रुपकर्ण शाही महिला , गोमा गिरी महिला, लोकबहादुर शाही खस आर्यबाट सिफारिस गरेको नेपाली कांग्रेस मुगुले जनाएको छ ।

निर्वाचन क्षेत्र अनुसार प्रदेश क अन्तर्गत छाँयानाथ रारा नगरपालिका र मुगुम कार्मारोङ गाउपालिका पर्छन् भने प्रदेश ‘ख’, अन्तर्गत खत्याड गाउँपालिका र सोरु गाउँपालिका रहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति