सिनजियाङमा गम्भीर मानवअधिकार हनन : संयुक्त राष्ट्र संघ

बेइजिङ, १६ भदौ । संयुक्त राष्ट्र संघले चीनको सिनजियाङ क्षेत्रमा मानवअधिकार हननका गम्भीर घटना भएको जनाएको छ ।

बुधबार जारी गरिएको एक प्रतिवेदनमा संयुक्त राष्ट्र संघका मानवअधिकार प्रमुख मिसेल ब्याचेलेटले सरकारको आतंकवाद विरोधी र ‘अतिवाद विरोधी’ नीतिहरूको कार्यान्वयनका कारण सिनजियाङ क्षेत्रमा गम्भीर मानवअधिकार हनन भएको दाबी गरे ।

पश्चिमी सिनजियाङमा दश लाखभन्दा बढी उइघुर र अन्य मुस्लिम अल्पसंख्यकलाई हिरासतमा राखेको बेइजिङमाथि आरोप लाग्दै आएको छ । अभियानकर्ताले बेइजिङमाथि नजरबन्द, जबरजस्ती श्रम र नसबन्दी, उइघुर धार्मिक र सांस्कृतिक स्थलहरूको विनाशलगायतका मानव अधिकार उल्लंघन गरेको अभियानकर्ताले आरोप लगाउँदै आएका छन् ।

चीनका अल्पसंख्यक जातीय मुसलमान उहीगुरको सिनजियाङ प्रान्तमा बाहुल्य छ । सिनजियाङको कुल जनसंख्याको झन्डै आधा प्रतिशत उहिगुरको छ । सिनजियाङका विभिन्न स्थानमा उहिगुर मुसलमानलाई विभिन्न शिविरमा थुनेर चरम यातना दिइएको छ । उइगर मुस्लिमहरूप्रति अपनाएको नीतिलाई लिएर विश्व समुदायले चीनको आलोचना गर्दै आएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति