कुनै पनि क्षेत्रबाट चुनाव लड्न तयार छु : विमलेन्द्र निधि

धनुषा, १६ भदौ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले मधेसका २२ जिल्ला बाहेकका कुनै पनि क्षेत्रबाट निर्वाचनमा भाग लिन आफू तयार रहेको बताएका छन् । क्षेत्रीय र जिल्ला कमिटीले सर्वसम्मत निर्णय गरे आफू पहाड र हिमालको क्षेत्रबाट चुनाव लड्न तयार रहेको उनले स्पष्ट पारे ।

जनकपुरधाममा आयोजित क्षेत्रस्तरीय कार्यकर्ता भेला तथा अन्तरक्रियामा पूर्वउपसभापतिसमेत रहेका नेता निधिले स्वयं समानुपातिक सांसदका रुपमा समेत संसद्मा प्रवेश गर्नसक्ने सम्भावना रहेको जानकारी गराए ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता निधिले, आफू अन्य क्षेत्रबाट चुनाव लडे पनि समानुपातिक सांसदका रुपमा सांसद भए पनि सहजरुपमा लिन धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का नेता कार्यकर्तालाई आग्रहसमेत गरे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति