प्रचण्डसँगकाे भेटमा राष्ट्रपति भण्डारीले राखिन् नागरिकता विधेयकबारे चासो 

काठमाडौं, १५ भदौ । आफूले फिर्ता पठाएको नागरिकता विधेयक जस्ताको तस्तै आउने संकेत देखिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सत्तारुढ माओवादी केन्द्रका नेतासँग चासो राखेकी छन् । 

राष्ट्रपति भवन शीतल निवासमा बुधबार अध्यक्ष प्रचण्डसहित माओवादी केन्द्रका नेताहरुसँगको भेटमा राष्ट्रपति भण्डारीले नागरिकता विधेयकबारे चासो राखेकी हुन् । 

दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि आएको नागरिकता ऐन संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेकय २०७९ लाई राष्ट्रपति भण्डारीले केही संशोधनको आवश्यकता औँल्याउँदै सुझाव र सन्देशसहित फिर्ता पठाएकी थिइन् । 

तर, प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित गरिसकेको र राष्ट्रिय सभाबाट पनि हुबहु पारित भई फेरि प्रमाणीकरणका लागि उक्त विधेयक आउने भएपछि राष्ट्रपति भण्डारीले दलका शीर्षनेतासँग छलफल गरेकी छन् । 

बुधबार माओवादी नेतासँगको भेटमा पनि उनले नागरिकता विधेयकबारे चासो राखेकी प्रचण्डका प्रेस संयोजक रमेश मल्लले जानकारी दिए । 
राष्ट्रपतिको चासोपछि अध्यक्ष प्रचण्डले यसबारे सरकारले राष्ट्रिय सहमति बनाएर विधेयक ल्याउने प्रतिबद्धता जनाएका मल्लले जानकारी दिए । 

वैवाहिक अंगीकृत विषयमा राष्ट्रपतिको चासो र माओवादीको धारणा समान रहे पनि संसदमा राष्ट्रिय सहमति जुट्न नसकेको बताउँदै प्रचण्डले तत्काल जन्मसिद्ध नागरिकका सन्ततिहरु राज्यविहिन बन्ने अवस्था अन्त्य गर्नका लागि उक्त विधेयक ल्याएको जानकारी गराए । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति