चेल्सीको पहिलो हार

काठमाडौँ, १५ भदौ । साउथह्याम्पटनसँग मंगलबार राति २–१ ले पराजित हुँदै चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबल २०२२÷२३ मा पहिलो हार बेहोरेको छ

घरेलु टोली साउथह्याम्पटनको जितमा रोमिओ लाभिया र एडम आर्म्सट्रोङले एक एक गोल गरे । यसअघि चेल्सीका रहिम ट्रर्लिङले खेलको २३औँ मिनेटमा अग्रता लिएका थिए ।

जितसँगै साउथह्याम्पटन ५ खेलमा ७ अंक जोडेर सातौँ स्थानमा छ । चेल्सी ७ अंक जोडेर आठौँ स्थानमा छ ।

यस्तै, अन्य खेलमा फुलहमले ब्राइटनलाई २–१ ले हरायो । क्रिस्टल प्यालेस र ब्रेन्टफोर्ड तथा लिड्स युनाइटेड र एभर्टनले १–१ गोलको बराबरी खेले ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति