काठमाडौं, १३ भदौ । काठमाडौं महानगरपालिकाको न्युरोडमा रहेको सुरज अर्केडको पार्किङ प्रयाेजनका लागि रहेका बेसमेन्टका पसलले सामान हटाउन सुरु गरेका छन् ।
अनधिकृत पसल हटाउन महानगरपालिकाको टोली पुगेपछि सामान हटाउन सुरु गरिएको हो । नगर प्रहरीले सामान हटाउन समय दिने बताएको छ । र, अहिले व्यापारीहरुले धमाधम पसलमा सामानबाहिर निकालिरहेका छन् ।
अर्केडमा बनाएको अनधीकृत सरचना भत्काउन महानगरपालिले दुईवटा डोजर तयार गरिएको छ । महानगरले पछिल्लो समय अनधिकृत संरचना हटाउने अभियान चलाएको छ ।
मेयर बालेन्द्र साह (बालेन) आफैं पुगेर विभिन्न ठाउँका अवैध संरचनाहरू भत्काएका थिए ।




प्रतिक्रिया