मुख्यमन्त्री राई सुनसरी–१ बाट सिफारिस

काठमाडौँ, १२ भदौ । नेकपा (एकीकृत समाजवादी)ले प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको छ ।

जिल्ला कमिटीको शनिबार बसेको बैठकले मुख्यमन्त्री राईसहित थप तीन जनाको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

जसअनुुसार मुख्यमन्त्री राईसहित पद्मा सुब्बा, लक्ष्मण चौधरी र जीवन राईको नाम सिफारिस गरेको एकीकृत समाजवादीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति