अफगानिस्तानको विजयी सुरूवात

काठमाडौँ, १२ भदौ । श्रीलंकामाथि ८ विकेटको जितसहित अफगानिस्तानले शनिबारदेखि सुरू भएको एसिया कप २०२२ मा विजयी सुरूवात गरेको छ ।

समूह ‘बी’अन्तर्गतको खेलमा श्रीलंकाले दिएको एक सय ६ रनको सामान्य लक्ष्य अफगानिस्तानले १०.१ ओभरमा मात्र २ विकेट क्षतिमा पूरा गर्‍यो ।

अफगानिस्तानका लागि ओपनर रहमानउल्लाह गुर्बाजले ४० र हजरतुल्लाह जाजईले अविजित ३७ रनको योगदान गरे । यी दुई ओपनरले पहिलो विकेटका लागि ८३ रनको साझेदारी गरेका थिए ।

हजरतुल्लाहले २८ बलमा ५ चौका र १ छक्का प्रहार गर्दा गुर्बाज १८ बलमा ३ चौका र ४ छक्का प्रहार गरे । श्रीलंकाका हसरंगाले १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ उत्रिएको श्रीलंका १९.४ ओभरमा मात्र १ सय ५ रनमा अलआउट भएको थियो ।

श्रीलंकाका भनुका राजापाक्षले ३८ र चमिका करुणारत्नेले ३१ रन जोडे । अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । अफगानिस्तानका फजलहक फारुकीले ३ तथा मोहम्मद नाबी र मुजिब उर रहमानले समान दुई विकेट लिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति