विदेशी प्रभुको इसारामा चल्नेहरूबाट मुलुक र जनताको हित हुँदैन : कमल थापा

बर्दिया, १२ भदौ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिलेको दुरावस्थाबाट मुलुकलाई मुक्त गर्न जनताले अबको चुनावमा ‘बोल्ड’ निर्णय गर्नुपर्ने बताए ।

“बेतिथि, विकृति र अन्याय बारे चिन्ता गरेर मात्र गरेर हुन्न, साहसिक निर्णय गर्नुपर्ने हुन्छ,” उनले भने । अबको निर्वाचनमा जनताले स्वाधीनता, सुशासन, हिन्दुत्व र समृद्धिको पक्षमा आफूलाई उभ्याउनु पर्ने बताए ।

राप्रपा नेपाल बर्दियाद्वारा गुलरियामा आयोजित कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले ठूला भन्ने दलको असक्षमता, अदूरदर्शिता र अकर्मण्यताको जबाफ दिँदै जनताले राप्रपा नेपाललाई वैकल्पिक शक्तिको रूपमा उभ्याउन सहयोग गर्नुपर्नेमा जोड दिए ।

“हामी दुरदर्शी योजना, कार्यक्रमसहित जनताको माझमा प्रस्तुत भएका छौँ । राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण, आर्थिक विकास अनि समृद्धि, हिन्दुत्वको रक्षा, भ्रष्टाचार र बेरोजगारीको अन्त्य अहिलेको प्रमुख आवश्यकता हो,” उनले भने । थापाले विदेशी प्रभुको इसारामा चल्नेहरूबाट मुलुक र जनताको हित नहुने बताए ।

जिविसको सभा हलमा आयोजित कार्यक्रममा नवप्रवेशीको संख्या धेरै भएपछि थापाले खुल्ला प्राङ्गणमा नै पाँच सयभन्दा बढीलाई टीका लगाउँदै पार्टी प्रवेश गराएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति