दक्षिण कोरियामा न्यून प्रजनन् दर

सिउल, ११ भदौ । दक्षिण कोरियाले फेरि विश्वको सबैभन्दा कम प्रजनन दर रेकर्ड गरेको छ । सन् २०१८ मा देशमा यो दर पहिलो पटकप्रति महिला एक बच्चा भन्दा कम थियो ।

तर, सरकारले बुधबार सार्वजनिक गरेको एक तथ्यांकमा जन्मदर अघिल्लो वर्ष शून्य दशमलब ८४ बाट शून्य दशमलब ८१ मा झरेको देखाएको छ र यो लगातर छैटौँ पटक जन्मदरमा गिरावट हो ।

आर्थिक सहयोग र विकास संगठन ओइसिडीले विगत छ दशकहरूमा प्रजनन दर स्पष्ट रूपमा घटेको जनाएको छ ।

तर, यो प्रवृति विशेष गरी दक्षिण कोरियामा उल्लेख गरिएको छ, जहाँ परिवारको आकार केही पुस्ताको अवधिमा घटेको छ । सन् १९७० को सुरुमा महिलका औसत चार बच्चाहरु थिए ।

घट्दो जनसंख्याले देशलाई ठुलो तनावमा पार्न सक्छ । स्वास्थ्य सेवा प्रणाली र निवृत्तिभरणको माग बढ्दै जाँदा सार्वजनिक खर्चमा बढ्दो दबाबको अलावा, घट्दो युवा जनसंख्याले पनि अर्थतन्त्रलाई असर गर्ने श्रमिक अभाव निम्त्याउँछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति