समानुपातिकमा गठबन्धन चाहिँदैन, १५ देखि २० सिट ल्याउँछौंः माधव नेपाल

काठमाडौं ९ भदौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा खटिन कार्यकर्तालाई निर्देशन दिएका छन् ।

पार्टी गठनको एक वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले निर्वाचनमा होमिन कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

उनले भने, ुनेपालको राजनीतिमा हाम्रो पार्टीको विशिष्ट महत्व छ । केपी ओली गुट आत्तिएको छ । निर्वाचनबाट जितेर आएर आफ्नो हैसियत देखाउनुपर्नेछ ।’

केपी ओलीको व्यक्तिवादी प्रवत्तीका कारण नेपालमा अनेकौ खालका जटिलता देखा परेको बताए । नेपालले भने, ुक्रान्तिकारीहरु आदर्शप्रति कटिवद्ध हुनुपर्छ । कम्युनिस्ट पार्टी हुनका लागि इमान्दार र कर्तव्यनिष्ठ हुनुपर्छ । ’

गुटबन्दीको महारोग केपी ओलीले नै प्रवेश गराएको उनको भनाइ छ।

उनले भने, ‘कम्युनिस्ट आन्दोलनमा गुटवाद र व्यक्तिवाद महारोगको रुपमा फैलिएको छ । कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध बनाउने सम्भावना राम्रो छ । सम्भावनासँगै चुनौति पनि छ । ’

क्रान्तिकारी व्यवहारबाट मात्रै जनताको विश्वास जित्न सकिने उनले बताए । उनले आधारभूत तहका जनताका समस्याबारे पार्टीले बुझेर समाधानमा केन्द्रित हुनुपर्ने बताए ।

नेपालले भने, ु२७ प्रतिशत उम्मेदवार खडा गर्दा ९ लाख २७ हजार मत पाएका थियौं । शतप्रतिशत उठाएको भए १५ देखि २० लाख मत आउने थियो । चुनावमा समानुपातिक मतका आधारमा पनि हैसियत देखाउन सक्छ । १५ देखि २० सिट समानुपातिकमा आउँछ ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति