काठमाडौँ, ९ भदौ । आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सिट बाँडफाँडका लागि सत्तारुढ गठबन्धनले गठन गरेको कार्यदलको बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ ।
बैठक बिहान ९ बजेदेखि सुरू हुने कार्यदलका सदस्य मिहलाल पूरीले जानकारी दिएका छन् ।
कार्यदलका संयोजक तथा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला भने बैठकमा अनुपस्थित रहने छन् । कोरोना भाइरसको संक्रमण भएका कारण उनी बैठकमा अनुपस्थित हुने भएका हुन् ।
कार्यदलको बैठक बालुवाटारमा पटक पटक बस्दै आएपनि सत्तारुढ दलहरुबीच सिट बाँडफाँडमा कुरा मिल्न सकेको छैन ।
प्रतिक्रिया