निहारिका प्रकरण : डिएनए परीक्षण गर्न उच्च अदालत जनकपुरको आदेश

काठमाडौँ। उच्च अदालत जनकपुरले निहारिका राजपुतको छोरा र शिवराज श्रेष्ठको डिएनए परीक्षण गर्न आदेश दिएको छ ।

निहारिका विगत केही महिनादेखि बलात्कारबाट जन्मिएको छोरा र बलात्कार आरोपी भनिएका शिवराज श्रेष्ठको डिएनए परीक्षणको माग गर्दै आएकी थिइन् ।

उच्च अदालत जनकपुरका न्यायाधीश भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले बुधबार निहारिकाको छोरा र शिवराज श्रेष्ठको डिएनए परीक्षण गर्न आदेश दिएको छ ।

जिल्ला अदालत धनुषाले आरोपित शिवराजलाई निर्दोष ठहर गर्दै सफाइ दिएपछि निहारिकाले उच्च अदालतमा पुनरावेदन गरेकी थिइन् ।

गत माघ २४ गते जिल्ला अदालतका न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले शिवराजलाई सफाइ दिएको थियो । अदालतले सफाइ दिएपछि निहारिका अन्यायमा परेको भन्दै काठमाडौँमा पटक–पटक अनशन बस्दै आएकी थिइन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति