गृहमन्त्री खाण र प्रधानसेनापतिबीच भेटवार्ता

काठमाडौं, ८ भदौ । गृहमन्त्री बालकृष्ण खाण र प्रधानसेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ । गृह मन्त्रालयमा भएको भेटमा राष्ट्रिय सुरक्षा अवस्थाबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । 

भेटमा वर्तमान सुरक्षा अवस्था र निर्वाचन सुरक्षा चुनौतीलगायत विषयमा छलफल भएको बताइएको छ । सरकारले मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा गरेको छ । सेना, प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागले निर्वाचन सुरक्षा योजना तयार गरिरहेको छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति