धौलागिरि लघुवित्तको सेयर बाँडफाँट, ४० हजार भए लाभान्वित

काठमाडौं । धौलागिरि लघुवित्तको साधारण सेयर बाँडफाँट भएको छ।

सनराइज क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशित आईपीओको बाँडफाँट गरिएको हो। गोलाप्रथा विधिबाट ३० हजार ९ सय २९ जनाले १०र१० कित्ता सेयर पाएका हुन्।

आवेदकमध्ये ५ जनालाई प्रतिव्यक्ति १ कित्ताका दरले ५ कित्ता सेयर पनि वितरण गरिएको छ।

कम्पनीको प्रतिसेयर सय रुपैयाँ अङ्कित दरको ३ लाख ३१ हजार कित्तामध्ये कर्मचारी तथा सामूहिक लगानी कोषलाई वितरणपश्चात् बाँकी भएको ३ लाख ०९ हजार २९५ कित्ता सेयर गत साउन २४ देखि साउन २९ गतेसम्म सर्वसाधारणहरुको लागि निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो।

१८ लाख ६५ हजार ९२६ दरखास्त फारमबाट कुल २ करोड ०४ लाख ७५ हजार ९८० कित्ताको लागि आवेदन प्राप्त भएको थियो।

उक्त निष्काशनमा आवेदन दिनेमध्ये १८ लाख ६५ हजार ९२६ जना आवेदकहरुमध्ये रीत नपुगेका १ हजार २ सय ८६ जना आवेदकहरुलाई बाँडफाँटमा समावेश नगरिएको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ।

बाँकी १८ लाख ६४ हजार ६४० जना आवेदकहरुलाई एउटै समूहमा राखी ३० हजार ९२९ जनालाई १० कित्ताका दरले गोलाप्रथा विधिबाट ३ लाख ०९ हजार २९० कित्ता बाँडफाँट गरिएको हो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति