काठमाडौं मलको अनधिकृत संरचना महानगरले भत्कायो

काठमाडौँ, ८ भदौ । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित काठमाडौं मलको अनधिकृत संरचना भत्काइदिएको छ । बुधबार महानगरले नक्सा पासभन्दा बाहिर गएर मलले बनाएका संरचना भत्काएको हो ।

भत्काउने क्रममा मेयर बालेन्द्र शाहसहितको टोली उपस्थित थियो । त्यस्तै नेपाल प्रहरी र महानगर प्रहरीको टोली पनि खटिएको थियो । यसअघि सोमबार महानगरले बानेश्वर क्षेत्रमा अन्य रूपमा प्रयोजन भइरहेका पार्किङ संरचना भत्काएको थियो । महानगरले ३५ दिने सूचना दिँदा पनि अटेरी गरेपछि अनधिकृत संरचना भत्काएको जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति