सुन तस्करीमा गृहमन्त्रीका पिएसओको संलग्नताबारे समाचार आएपछि प्रहरीले भन्यो, ‘अनुसन्धान गर्दैछौं, दोषी देखिए कारवाही’

काठमाडौं । सुन तस्करीमा गृहमन्त्री बालकृष्ण खाणको सुरक्षामा खटिएका पिएसओ प्रहरी वरिष्ठ नायब निरीक्षक टंक कार्कीमाथि प्रहरी प्रधान कार्यालयले अनुसन्धान अघि बढाएको छ ।

वरिष्ठ सई कार्कीको सुन तस्करसँग संलग्नता रहेको समाचार आएलगत्तै उनलाई प्रहरी प्रधान कार्यालय फिर्ता बोलाएर अनुसन्धान प्रक्रिया अघि बढाइएको भन्दै सो घटनाबारे प्रहरीले औपचारिक जानकारी दिएको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले कार्कीलाई अहिले प्रधान कार्यालय, सुपरीवेक्षण तथा अनुगमन महाशाखामा झिकाएर छानबिन गरिरहेको जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति