बिरामी भन्दै सिटौला बाहिरएपछि सिट वाँडफाँट टुंगोमा पुगेन

काठमाडौं, ७ भदौं । संघीय संसद र प्रदेश संसदको निर्वाचनका लागि सिट बाँडफाँटको अन्तिम टुंगो ९ भदौंमा हुने भएको छ ।

मंगलबार बसेको बैठकमा संयोजक कृष्णप्रसाद सिटौला बिरामी भएको भन्दै बाहिरिए पछि ९ भदौंमा अन्तिम रुप दिने गरी बैठक बिना निष्कर्ष सकिएको हो ।

२०७४ सालको समानुपातिक मत परिणामलाई केन्द्रमा राखेर सिटवाँडको अन्तिम गृहकार्य गरिरहेको सत्तारुढ गठबन्धनको कार्यदलले झन्डै तीन साता देखी सहमतिको प्रयास गरे पनि अझै टुंगोमा पुग्न सकेको छैन ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले विहीबार पुन: बस्नेगरी टुंगिएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति