दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यास

एजेन्सी । दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले आफ्नो वार्षिक संयुक्त सैन्य अभ्यास सोमबार क्षेत्रीय तालिमसँग सुरू गरेका छन् । उत्तर कोरियाको सम्भावित हतियार परीक्षणलाई टकराब दिन दुई देशले वार्षिक संयुक्त अभ्यास थालनी गरेका हुन् ।

उल्ची फ्रीडम शिल्ड नाम दिइएको यो अभ्यास अक्टोबरको अन्त्यसम्म चल्ने छ । गत मेमा कार्यभार सम्हालेका दक्षिण कोरियाली राष्ट्रपति युन सुक–योलले संयुक्त अभ्यासलाई ‘सामान्य’ बनाउने र उत्तरविरुद्ध प्रतिरोध बढाउने बाँचा गरिरहेका बेला पछिल्लो अभ्यास सुरू भएको हो ।

पछिल्ला वर्षहरूमा कोभिड–१९ को कारणले रोकिएको अभ्यासहरूलाई आक्रमणको लागि पूर्वाभ्यास बताइएको छ । दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले अभ्यासको लागि प्रारम्भिक प्रशिक्षण सुरु गरेपछि उत्तर कोरियाले गत साता पश्चिमी तटीय सहर ओन्चोनबाट दुईवटा क्रुज मिसाइल प्रहार गरेको थियो ।

उत्तर कोरियाले यस वर्ष अभूतपूर्व गतिमा क्षेप्यास्त्र परीक्षण गरेको छ र जुनसुकै बेला आफ्नो सातौं आणविक परीक्षण गर्न तयार रहेको दक्षिण कोरियाली अधिकारीहरूको भनाइ छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति