नर्तकीसँग उत्तेजित हाउभाउमा नाचेको भिडिओ बाहिरिएपछि सईलाई कारवाही

काठमाडौं । नर्तकीसँग उत्तेजित हाउभाउमा नाचेका नेपाल प्रहरीका नायब निरीक्षक (सई) राजकिशोर साह जिम्मेवारीबाट हटाइएका छन् ।

अर्केष्ट्रामा भइरहेको नाचगानमा बर्दीमै रहेका सई साह नाचेको भिडिओ सार्वजनिक भएपछि कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

गढीमाई नगरपालिका ६ धरमपुरमा कृष्ण जन्माष्टमीको दिन लागेको मेलाको अर्केष्ट्रामा सई साह नाचेको भिडिओ बाहिरिएको थियो।

उनीमाथि अनुसन्धान गर्न धरमपुर चौकीको प्रमुखको जिम्मेवारी खोसेर धनुषा गणमा पठाइएको मल्लले बताए।

‘भिडिओ बाहिरिएपछि उनलाई कारबाही स्वरूप हिजै जिम्मेवारीबाट हटाइएको छ। थप अनुसन्धानको लागि उनलाई धनुषा गणमा पठाइएको प्रहरीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति