भारतीय कम्युनिष्ट पार्टीका नेताले गिरिलाई श्रद्धाञ्जली दिँदै लेखे, ‘कमरेड इन् आर्म्स’

काठमाडौं । भारतीय शीर्ष कम्युनिस्ट नेता सीताराम येचुरीले प्रदीप गिरिप्रति श्रद्धाञ्जली दिँदै आफ्ना ‘कमरेड इन् आर्म्स’ अर्थात् घनिष्ट मित्र रहेको बताएका छन् ।

भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादीका नेता येचुरी त्यहाँको राज्यसभाका पूर्वसांसदसमेत हुन् । नेपालको राजनीतिक क्रिया–प्रतिक्रियासँग उनी जानकार छन् ।

‘हाम्रा साथी प्रदीप गिरि नेपालमा राजतन्त्र फाल्ने आन्दोलनका लडाकु, लोकतन्त्रका अथक योद्धा र भारतका घनिष्ट मित्र थिए,’ येचुरीको श्रद्धान्जली वक्तव्यमा छ, ‘यस्ता मित्रको निधनमा हामी गहिरो दुःख व्यक्त गर्छौं ।’

यस्तै भारतीय नेता मोहन प्रकाशले पनि गिरिको निधनमा श्रद्धान्जली व्यक्त गरेका छन् । कांग्रेस नेता विमलेन्द्र निधिलाई फोन गर्दै मोहनले दुःख व्यक्त गरेको निधिको ट्वीटमा जानकारी छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति