काठमाडौँ । आइतबार १ बजेका लागि तोकिएको प्रतिनिधिसभा बैठक स्थगित हुने भएको छ ।
नेपाली कांग्रेसका नेता प्रदिप गिरिको निधनका कारण प्रतिनिधिसभा बैठक स्थगित हुने भएको हो ।
‘कुनै पनि प्रतिनिधिसभा सांसदको निधन भएपछि अन्त्येष्टी नगरी बैठक सञ्चालन नगरिने परम्परा छ,’ संसद सचिवालयका एक अधिकृतले भने, ‘जसकाकारण प्रतिनिधिसभाको बैठक आज सञ्चालन हुँदैन, अब बैठक स्थगित हुने औपचारिक जानकारी सचिवालयले गराउँदै छ ।’
उनका अनुसार त्यसमाथी नेपाली कांग्रेसका सांसद्हरुले श्रद्धाञ्जलीसभामा उपस्थित हुने भन्दै बैठक स्थगित गर्न सचिवालयलाई अनुरोधसमेत गरेका थिए ।
प्रतिक्रिया