काठमाडौँ । प्रतिनिधिसभा बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरुपण मेलमिलाप आयोग विधेयक पेस हुने भएको छ ।
प्रतिनिधिसभा सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरुपण मेलमिलाप आयोग विधेयक २०७९ पेस हुने भएको हो । उक्त विधेयक कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद कोइरालाले पेस गर्ने छन् ।
प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले न्याय परिषद् र न्याय सेवा आयोगको बार्षिक प्रतिवेदन पेस गर्ने छन् ।
प्रतिक्रिया