गोलन्जोरमा कांग्रेस, माओवादी र एसका दर्जनौ नेता कार्यकर्ता एमाले प्रवेश

सिन्धुली । गत स्थानीय तह निर्वाचनमा गठबन्धनका बीच पालिका गुमाएको सिन्धुलीको गोलन्जोर गाउँपालिकाबाट सत्ता गठबन्धन दलका मुख्य घटकहरु कांग्रेस, माओवादी र एकीकृतत समाजबादीबाट सयौ नेता कार्यकर्ता एमाले प्रवेश गरेपछि आगामी संघीय र प्रदेशको निर्वाचनमा गठबन्धनलाई थप धक्का लाग्ने भएको छ ।

शनिबार गोलन्जोर गाउँपालिकाको एउटै वडाबाट डेड सयभन्दा बढी नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन । एमाले प्रवेश गर्नेहरुमा माओवादी केन्द्रको गोलन्जोर गाउँपालिका कमिटीका सचिवालय सदस्य दिनानाथ न्यौपाने, पूर्व जनसरकार प्रमुख प्रेम प्रसाद पहाडी, एकिकृत समाजबादी जिल्ला सदस्य ठाकुर प्रसाद न्यौपाने, नेपाली कांग्रेस सास्कृतिक संघका लिला बहादुर सुनुवार, गाउँपालिका सदस्य लाल बहादुर सुनुवार, नेकपा माओवादीका खड्ग बहादुर थापा मगर, हर्क बहादुर थापा मगर, हेम बहादुर थापा मगर, सरिता थापा मगर, नन्द माया न्यौपाने, गणेश भुजेल, सम्भु भुजेल, देवी बहादुर श्रेष्ठ, उमेश न्यौपाने, सानो बाबु न्यौपाने, राजेन्द्र न्यौपाने, सचिन भुजेल, जनक थापा, चित्र बहादुर श्रेष्ठ, धन बहादुर चौहान, कुमार श्रेष्ठ, थिर बहादुर थापा, धन बहादुर आछामी, होम बहादुर नेपाली, बुद्धिमान नेपाली, तारा नेपाली लगायत रहेका छन् ।

त्यस्तै राष्ट्रिय कर्मचारी संगठनका सचिन न्यौपाने पनि नेपाली निजामती कर्मचारी संगठनमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेसबाट रमेश चौहान, युवराज भुजेल, सिरोमणि न्यौपाने, लाल बहादुर सुनुवार, याम बहादुर सुनुवार, सुनिल माझी, सविन माझी, सिता कुमारी माझी, जमुना माझी, नविन माझी, मिन बहादुर माझी, अप्सरा रम्तेल, केदार चौहान, हेम बहानुर चौहान, एक बहादुर चौहान, लगायत रहेका छन् ।

नेकपा एमाले बागमती प्रदेश सदस्य प्रदिप कटुवालको प्रमुख आतिथ्यता तथा नेकपा एमाले गोलन्जोर गाउँ कमिटिको आयोजना गोलनजोर गाउँपालिका वडा नं। १ डुडभञ्ज्याङमा भएको पार्टी प्रवेश कार्यक्रममा अझै सयौको संख्यामा पार्टी प्रवेश गर्न इच्छुक देखिएका भएपनि गठबन्धन दलहरुले बल प्रयोग गरेर कार्यक्रम स्थलमा जान नै नदिएर धेरैलाई एमाले प्रवेश गर्नबाट रोकेको स्थानीयहरुले बताए ।

नव प्रवेशीहरुले गठबन्धन दल विदेशीको दलला भएको, नागरिकता जस्तो राष्ट्रिय विषयमा गम्भिर नबनेको, भारतमा बैठक गरेर नागरिकता विधेक पास गरेको, राष्ट्रपतिले सन्देश सहित सुधारको मौका दिदा पनि घमण्ड देखाएर राष्ट्रियको सवाललाई अनावश्यक राजनीतिककरण गरेको र राष्ट्रपति सँग इगो बनाएको, विकास निर्माण भन्दा नेता कार्यकर्ता व्यवसायिक घराना पोष्नतर्फ लागेको, आधारभूत जनताको पक्षमा सरकारमा बसेको १ वर्ष सम्म पनि कुनै सिन्को भाच्न नसकेको, किसानले मल विउ समेत समयमा नपाएको ले गठबन्धन बाट देश अगाडि बढ्न नसक्ने भन्दै आगामी निर्वाचनमा जनतालाई वेवास्ता गर्ने गठबन्धन लाई पराजित गर्न आफूहरु एमालेमा प्रवेश गरेको र गोलन्जोर अन्य वडाहरुमा पनि पार्टी प्रवेश कार्यक्रम आयोजना गरेर एमालेलाई थप बलियो बनाउने तर्फ लागेको उनिहरुले बताएका छन् ।

पार्टी प्रवेश कार्यक्रमलाई असफल पार्न गाउँपालिका उपाध्यक्ष एव गोलन्जोर गउँपालिकाका माओवादी नेता ज्वाला प्रसाद न्यौपाने पुकार र वडा नंं १ का माओवादीबाट निर्वाचित वडा अध्यक्ष सोम प्रसाद बरालले हर सम्भाव प्रयास गरेको भएपनि धेरै नेता कार्यकर्ताले माओवादी, कांग्रेस र यो सत्ता गठबन्धन जनताको समस्यामा अलिकति पनि जिम्मेबार नभएकाले यस्तो दलमा वस्न नैतिकताले नै नदिने भन्दै एमाले प्रवेश गरेका थिए ।

नव प्रवेशीहरुलाई स्वागत गर्दै प्रदेश सांसाद कटुवालले एमालेले केपि नेतृत्वको ३ वर्षे सरकार कालमा धेरै राम्रा विकास निर्माण र जनताका आधारभूत आवश्यकता पूर्तिका लागि व्यवस्थित र योजनाबद्ध ढंगले काम गरेकै कारण गत स्थानीय तह निर्वाचनमा पाँच दल सँग एक्लै भिड्दा पनि सम्मानजनक जित हासिल गरेको भन्दै अगामी संघिय निर्वाचनमा स्थानीय तहको भन्दा राम्रो नतिजा आउने बताउनु भयो ।

पालिका अध्यक्ष शंकर बरालले गठबन्धन दलहरुले मिलेर भ्रष्टचार गरेकाले सुसानका लागि एमालेलाई मत दिएर जिताउनु पर्ने र त्यसका लागि पार्टी प्रवेश गरेर एमालेमा सक्रिय हुन सबैलाई आह्वान गर्नुभयो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति