देशभर २९९ नयाँ संक्रमित थपिँदा थप दुई जनाको मृत्यु

काठमाडौं, ४ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा २९९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा थप दुई संक्रमितले ज्यान गुमाएका छन् ।

४ हजार ३३७ परीक्षणमा २९९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको भनाइ छ । पीसीआरबाट १८० जना र एन्टिजेन परीक्षणमा ११९ जनामा संक्रमण देखिएको हो ।

यस अवधिमा ५७७ जना कोरोनामुक्त भएका छन् । हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार ६२५ रहेको मन्त्रालयले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति