मिलन नेवारको ‘जोडी मिलाइदेउ’ सार्वजनिक 

काठमाडौं, ३ भदाै । गायिका मिलन नेवारको नयाँ म्युजिक भिडियो ‘जोडी मिलाइदेउ’ सार्वजनिक गरिएको छ । हरितालिका तीज आउनै लाग्दा गायिका मिलनको स्वर रहेको जोडी मिलाइदेउ म्युजिक भिडियो सार्वजनिक गरिएको हो । 

कुटुमा कुटु, सुर्के थैलीजस्ता चर्चित र लोकप्रिय गीतका सर्जक तथा संगीतकार राजनराज सिवाकोटीको जोडी मिलाइदेउमा शब्द सृजना र संगीत छ । 

साथै फूलबुट्टे सारीजस्ता चर्चित गीतको भिडियोको निर्देशन गरेका राजेश पुमा राईले निर्देशन गरेको जोडी मिलाइदेउको भिडियोमा करुणा श्रेष्ठलाई फिचरिङ गरिएको छ । 

उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादनमा रहेको भिडियोको कोरियोग्राफर सन्तोष राजबहाक हुन् । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति