माइक्रोको ठक्करबाट निवर्तमान गाउँपालिका अध्यक्ष गम्भीर घाइते

खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिकाका निवर्तमान अध्यक्ष एवं एमाले जिल्ला कमिटी सचिवालय सदस्य शंखरबहादुर राई सडक दुर्घटनामा गम्भीर घाइते भएका छन् ।

बिहीबार दिउँसो इटहरीबाट बाइक चढेर विराटनगर जानेक्रममा हलगडाचोकमा पछाडिबाट आएको होटलको माइक्रो भ्यानले ठक्कर दिँदा निवर्तमान गाउँपालिका अध्यक्ष राई गम्भीर घाइते भएका हुन् ।

बाइकको पछाडि बसेको अवस्थामा माइक्रोको ठक्करबाट उछिट्टिएका राईको टाउकोको देब्रे साइडमा भित्री चोट लागेको एमाले जन्तेढुंगा गाउँपालिका अध्यक्ष याम राईले बताए ।

घाइतेको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । बिहीबार राति टाउकाको शल्यक्रिया गरिएका उनलाई अहिले भेन्टिलेटरमा राखिएको छ ।

मोटरसाइकल चलाइरहेका युवा संघ जन्तेढुंगा अध्यक्ष चासुम राई पनि घाइते भएका छन् । चासुम भने खतरामुक्त छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति