काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा केही बेरअघि सुरू भएको बैठकले पदाधिकारीलाई अन्तिम रूप दिने सम्भावना छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको बैठकमा पदाधिकारीको नाम प्रस्ताव गर्ने तयारी गरेका छन् । यदि अध्यक्षले प्रस्ताव गरेको नाममा सहमति जुटे आजै पदाधिकारी र स्थायी समितिले पूर्णता पाउने छ ।
यसअघि बुधबार बसेको स्थायी समिति बैठकले अपूर्ण रहेका केन्द्रीय समिति, पोलिटब्युरो र स्थायी समितिमा सदस्यहरू थप्ने विषयमा छलफल भएको थियो ।
बिहीबार बस्ने भनिएको बैठक आजका लागि सरेको हो ।
प्रतिक्रिया