जिम्बाब्वेलाई भारतले १० विकेटले हरायो

काठमाडौँ, ३ भदौ । जिम्बाब्वेविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा पाहुना टोली भारतले बिहीबार राति १० विकेटको जित निकालेको छ । यससँगै तीन खेलको शृंखलामा १–० ले अघि रह्यो ।

१९० रनको लक्ष्य भारतले बिना विकेट ३० ओभर ५ बलमा पूरा गरेको हो । भारतका शिखर धवनले ८१ र शुभमन गिलले ८२ रन बनाए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको जिम्बाब्वेले ४० ओभर ३ बलमा सबै विकेट गुमाउदै १८९ रन बनायो ।

कप्तान रिगिस चाकाभाले ३५ तथा रिचार्ड नगाभाले ३४ रन बनाए । भारतका लागि दीपक चाहर, प्रसिद्ध कृष्णा तथा अक्षर पटेलले समान तीन विकेट लिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति