चेकजाँचको नाममा सिरहा ट्राफिकले चलायो असुली धन्दा !

सिराहा,  २ भदौ । सिराहामा ट्राफिक प्रहरीले सवारी साधन चेकजाँचको नाममा अबैध रकम असुली गरिरहेको पाइएको छ । नरहा गापा ३ नयाँ चौक चोहर्वा स्थित ट्राफिक प्रहरीले सवारी साधन चेकजाँचको नाममा रसिदनै नकाटी अबैध रकम असुल्ने गरेको पाइएको हो ।

 ट्राफिक प्रहरीले सवारी साधन चेकजाँचमा सर्वसाधारणलाई अनावश्यक दु:खदिने र हप्ता तथा महिनावारी तिर्ने ठूलो सवारी साधनसँग अबैध रकम असुल्ने गरेको चालक बुधराम महतोले आरोप लगाए । उनले भने, ‘ महिना नबित्दै ट्राफिकलाई रकम नदिए चेकजाँचको क्रममा सबै कागजपत्र हुँदा पनि दु;खदिने मनसायले गाडीलाइ घण्टौ सडकमा रोकिदिन्छन् ।’ 

नयाँ चौक चोहर्वामा तीनपाङ्ग्रे अटोदेखि मालवाहक ट्रक व्यावसायिसँग प्रति सवारी साधन महिनाको १ हजार देखि ३ हजार सम्म महिनावारीकै रुपमा अबैध रकम असुली गर्ने गरेको नाम नखोल्ने सर्तमा एक ट्रक व्यवसायीले बताए । 

यता, जिल्ला ट्राफिक प्रहरी कार्यलय लहानका प्रमुख इन्सपेकटर टुपेन्द्र कुमार श्रेष्ठले भने राजश्व नकाटी ट्राफिकले रकम लिएको प्रमाण पाइएमा कारबाही गर्ने बताए । सिरहामा दिनहुँ ठूलो संख्यामा सानोदेखि ठूलो गाडीहरु क्षमता भन्दा बढी लोड गरि हिँड्ने गरेको भए पनि रकम दिए पछि उनीहरुलाई ट्राफिकले छाड्ने गरेको चालकहरुको आरोप छ । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति