माओवादी केन्द्रको स्थायी समिति बैठक सर्‍यो

काठमाडौँ । बिहीबार बिहान बस्ने भनिएको नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक अपरान्हसम्मका लागि सारिएको छ ।

आज बिहान ९ बजेदेखि बस्ने तय भएको बैठक तयारी नपुगेको भन्दै अपरान्ह ४ बजेका लागि सारिएको हो । माओवादी नेताका अनुसार बिहान १० बजे सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक पनि बस्ने भएकाले स्थायी समिति बैठक सारिएको हो ।

आजको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी प्रस्ताव गर्ने तयारी छ ।

बुधबार बसेको स्थायी समिति बैठकले पदाधिकारी र स्थायी समितिका सदस्य बिहीबार टुंग्याउने निर्णय गरेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति