काठमाडौं २ भदौ । आज बिहान बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक अपराह्न ४बजे हुने भएको छ । आज बिहान ९ बजेदेखि बस्ने तय भएको बैठक तयारी नपुगेको र विहान नै स्वं रामवृक्ष यादवको श्रद्धा
न्जली कार्यक्रम रहेको भन्दै अपराह्न ४ बजेका सरेको बताइएको छ ।
आजको बैठकमा माओवादी अध्यक्ष प्रचण्डले पदाधिकारी प्रस्ताव गर्ने तयारी छ । प्रचण्डले नेता देव गुरुङलाई महासचिव बनाउने तयारी गरेका छन् ।
बुधबार बसेको स्थायी समिति बैठकले पदाधिकारी र स्थायी समितिका सदस्य बिहीबार टुंग्याउने निर्णय गरेको थियो । बुधबारको वैठकमा प्रचण्डले नेतृत्व निर्माण सम्वन्धी ३वटा धारणा राखेका थिए । एक अहिलेकै जस्तो यथावत दुई दुई जना उपाध्यक्ष महासचिव र कोषाध्यक्ष मात्र बनाउने, तीन ससबै पदाधिकारी बनाउने ।
प्रतिक्रिया