निहारिका प्रकरण : बलात्कार आरोपी पक्राउ

काठमाडौँ । प्रहरीले निहारिका प्रकरणमा आरोपित शिवराज श्रेष्ठलाई पक्राउ गरेको छ । उनलाई धनुषाबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता टेकप्रसाद राईले बताए ।

निहारिका राजपूतले श्रेष्ठमाथि बलात्कारको आरोप लगाउँदै आएकी छन् । उनले बलात्कारबाट जन्मिएको बच्चाको डीएनए टेस्टको पनि माग गर्दै अनसन बस्दै आएकी छन् ।

बसन्तपुरमा अनसनरत निहारिका अहिले त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी छन् ।

राष्ट्रपति कार्यालय अगासड आत्मदाह प्रयास गर्दा प्रहरीले उद्धार गरी उनलाई अस्पताल भर्ना गरिएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति