गगन थापाले भने, ‘नागरिकता विधेयक फिर्ता गर्नु राष्ट्रपतिको संवैधानिक अधिकार हो, आक्रोसित किन हुनु ?’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गर्नु संवैधानिक अधिकार भएको भन्दै आक्रोसित हुनुपर्ने कुनै कारण नरहेको बताएका छन् ।

कांग्रेस स्थानीय जनप्रतिनिधिको प्रशिक्षणमा पुगेका थापाले संवाददाताहरूसित भने, ‘राष्ट्रपतिले आफ्नो अधिकार प्रयोग गर्नुभयो। हामीले त्यसको अध्ययन गर्न बाँकी छ ।’

राष्ट्रपति भण्डारीले आइतबार नागरिकतासम्बन्धी विधेयक संसदमा फिर्ता पठाएपछि राजनीतिक दलका नेताहरूले पक्ष–विपक्षमा प्रतिक्रियाहरू दिइरहेका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति