कमल थापाद्वारा राष्ट्रपति भण्डारीको निर्णयको स्वागत

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयक पुनर्विचारका लागि संसदमा पुनः पठाउने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको स्वागत गरेका छन् ।

नेपाली पुरुषसँग विवाह गरेका महिलालाई समयसीमाको बन्देज बिना नै नागरिकता दिने तथा बाबुको पहिचान नखुलेको आमाले स्पष्टीकरण दिनु पर्नेलगायतको विषयलाई सम्बोधन गनुपर्नेलगायत विषयमा प्रश्न गर्दै राष्ट्रपति भण्डारीले विधेयक संसद्मा फिर्ता गरि दिएकी थिइन् । सो कदमलाई रापप्रा अध्यक्ष नेपालले स्वागत गरेका हुन् ।

‘विभेदकारी र राष्ट्रहितविपरीतको नागरिकता विधेयक पुनर्विचारका लागि फिर्ता पठाउने राष्ट्रपतिको निर्णय स्वभाविक छ,’ थापाले स्वदेश फर्केलगत्तै भनेका छन्, ‘राष्ट्रपतिद्वारा संवैधानिक कर्तव्यको निर्वाह भएको छ।’

राष्ट्रपतिले विधेयक फिर्ता गरेको विषयलाई संघीय संसद्ले हठ गर्न नहुने पनि भन्दै थापाले सो विषयको निर्णय गर्ने अधिकार नयाँ सरकारलाई दिनुपर्ने सुझाव पनि दिएका छन् । ‘अब संसद्ले हठ प्रदर्शन नगरोस्, ढिलोगर्ने काम सरकारले गरेको हो। अब यो बिषयको जिम्मा नयाँ जनादेश प्राप्त संसद्लाई दिनुपर्छ ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति