माओवादी स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक अपरान्ह बस्ने भएको छ ।

आगमी मंसिर ४ गते हुने संघीय र प्रदेशसभा निर्वाचनको तयारीका बारेमा छलफल गर्न लागि माओवादीले स्थायी समिति बैठक बोलाएको हो । ‘आज १ बजे बैठक बस्ने छ, यो नियमित बैठक हो’ प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भने ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विद्येयक संघीय संसदमा नै थप छलफलका लागि फिर्ता पठाएको भोलिपल्ट माओवादीले स्थायी समिति बैठक बोलाएकाले सो बारेमा पनि छलफल हुने छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति