पक्राउ पुर्जी जारी भएका नेकपा प्रवक्ता प्रकाण्ड चीनतिर लागे

काठमाडौं । अदालतबाट पक्राउ पुर्जी जारी भएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ चीन प्रस्थान गरेका छन् ।

एयर चाइनाको सीए ४३८ उडानबाट उनी आइतबार १२ः४५ बजे चीनको छेन्दुतर्फ उडेका हुन् । उनी चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन गएका हुन् ।

ललितपुर जिल्ला अदालतबाट केही दिनअघि मात्र उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । उनीविरुद्ध हातहतियार तथा खरखजाना समेतको मुद्दा, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध समेतको मुद्दा र हातहतियार तथा विस्फोटक पदार्थसम्बन्धी कसुरको मुद्दा लागेको भन्दै ३५ दिने पक्राउ पुर्जी जारी भएको हो।

गत साउन १६ गते पक्राउ पुर्जी जारी भए पनि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै चीन उडेका छन्। विमानस्थल प्रहरी प्रमुख डीआइजी श्याम ज्ञवालीले प्रकाण्ड चीन गएकोबारे आफूलाई जानकारी नभएको बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति