कोरोना संक्रमणबाट एकै दिन पाँच जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट पाँच जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टाको विवरण सार्वजनिक गर्ने क्रममा यस्तो बताएको हो ।

यस्तै, पछिल्लो एक दिनमा आठ सय १५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । ४५ सय ३४ जनाका गरिएको नमूना परीक्षणमा आठ सयभन्दा बढीमा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार नेपालमा हाल पाँच हजार आठ सय ६९ जना संक्रिय कोरोना संक्रमित छन् । 

हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार नौ सय ८२ जनाले ज्यान गुमाइसकेका छन् ।   

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति