नेपालले एक वर्षमा २ खर्ब ३७ अर्ब आर्थिक सहायता लियो

काठमाडौं २६ साउन । एक वर्षमा नेपालले २ खर्ब ३७ अर्ब रुपैयाँ आर्थिक सहायता लिएको छ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार नेपालले ९३ अर्ब ३० करोड रुपैयाँ अनुदान सहयोग र १ खर्ब ४४ अर्ब ६० करोड रुपैयाँ ऋण सहायता लिएको हो।

गत आर्थिक वर्षको अन्तिम त्रैमासिकमा मात्रै नेपालले ८३ अर्ब ८४ करोड अनुदान र २८ अर्ब ऋण सहायता लिएको हो। जसअनुसार अन्तिम त्रैमासिकमा मात्रै १ खर्ब ११ अर्ब ८४ करोड रुपैयाँ वैदेशिक सहायता लिएको अर्थ मन्त्रायले जनाएको छ।

गत आवमा २ खर्ब ३९ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य रहेकोमा २ खर्ब ३१ अर्ब ९७ करोड रुपैयाँ परिचालन भएको देखिएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति