स्वास्थ्य बिमा कार्यक्रम कोल्याप्स नगर्न एमाले सांसद खगराज अधिकारीको माग

काठमाडौं, २५ साउन । एमाले सांसद खगराज अधिकारीले स्वास्थ्य बिमा कार्यक्रम कोल्याप्स नगर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकारकै कारण स्वास्थ्य बिमा कार्यक्रम जोखिममा परेको बताए ।

‘स्वास्थ्य बिमा कार्यक्रममा ११ अर्ब संकलन भएको छ विमितहरूबाट । यसलाई अहिले अप्ठेरो अवस्थामा पुर्याइएको छ । सम्पूर्ण सरकारी अस्पताल र प्रतिष्ठान यो सेवा बन्द गर्ने अवस्थामा पुगेका छन् ।

के ज्येष्ठ नागरिक, अपांगता भएका नागरिकको हुर्मत लिन लागेको हो ?,’ अधिकारीले प्रश्न गरे । उनले एक मात्र समाजवादन्मुख कार्यक्रम स्वास्थ्य बिमा कोल्याप्स पार्न लागेको भन्दै सरकारको ध्यानाकर्षण गराए । ‘स्वास्थ्य बिमा कोल्याप्स गर्न पाइन्न । एचआईभी एड्स संक्रमित, ज्येष्ठ नागरिक, अपांगता भएका नागरिकको स्वास्थ्यमाथि खेलवाड गर्न खोजिएको भन्दै उनले सभामुखमार्फत सरकारलाई रुलिङ गर्नुपर्ने माग गरे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति