प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दै छ। दिउँसो १ बजे बस्ने बैठकका लागि विभिन्न ९ वटा कार्यसूची तय भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाको सन्देशसहितको ‘तथ्यांक विधेयक, २०७८ माथिको दफाबार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । देउवाले नै ‘तथ्यांक विधेयक, २०७८’ का विषयमा प्राप्त संशोधनलाई निर्णयार्थ सदनमा प्रस्तुत गर्नेछन् ।

‘तथ्यांक विधेयक २०७८ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत पनि गरिने छ ।

देउवाले राष्ट्रियसभाको सन्देशसहितको ‘शपथसम्बन्धी विधेयक, २०७९ माथिको दफाबार छलफफल सदनमा प्रस्तुत गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यक्रमको सूचीमा उल्लेख गरिएको छ।

खानेपानी तथा सरसफाइ विधेयक, काठमाडौँ उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक समेत प्रस्तुत गर्ने कार्यसूची छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति