चीनले फेरि सैन्य अभ्यास गरेपछि ताइवानको विरोध

एजेन्सी । चीनले सोमबार ताइवान टापुको वरिपरि समुद्री अभ्यासहरू सञ्चालन गरेको भन्दै चीनको आलोचना गरेको छ । अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको विरोधमा बेइजिङले सैन्य अभ्यास गर्दै आएको छ ।

‘परराष्ट्र मन्त्रालयले सैन्य अभ्यास लम्ब्याउने चीनको निर्णयको कडा निन्दा गर्दछ । चीनको उत्तेजना र आक्रामकताले ताइवान स्ट्रेटको यथास्थितिलाई हानि पुर्‍याएको छ र यस क्षेत्रमा तनाव बढेको छ,’ ताइवानले एक विज्ञप्तिमा भनेको छ ।

चीनको सेनाले यसअघि घोषणा गरेको लाइभ फायर अभ्यास आइतबार समाप्त भएपछि ताइवान वरिपरि ठुलो मात्रामा सैन्य अभ्यास जारी राखेको जनाएको छ । चिनियाँ सेनाको पूर्वी थिएटर कमाण्डले पनडुब्बी विरोधी आक्रमण र समुद्री आक्रमणको अभ्यास गर्ने जनाएको छ ।

चिनियाँ विमान र जहाजहरू आफ्नो क्षेत्रीय पानीमा प्रवेश गरिनसकेको ताइवानले जनाएको छ । सैन्य अभ्यासको अमेरिका, अष्ट्रेलिया, जापानले निन्दा गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति