युक्रेनको आणविक प्लान्टमा अन्तर्राष्ट्रिय निरीक्षकलाई पहुँच देऊ : गुटेरेज

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अन्तर्राष्ट्रिय निरीक्षकहरूलाई जापोरिज्जिया आणविक प्लान्टमा पहुँच दिन आग्रह गरेका छन् । यसै सप्ताहन्तमा युरोपको सबैभन्दा ठुलो आणविक प्लान्टमा रुसले गोलाबारी गरेको युक्रेनले आरोप लगाएपछि गुटेरेसले अन्तर्राष्ट्रिय निरीक्षकहरूलाई जापोरिज्जिया आणविक प्लान्टमा पहुँच दिन अनुरोध गरेका हुन् ।

‘आणविक प्लान्टमा कुनै पनि आक्रमण आत्मघाती विषय हो,’ गुटेरेजले जापानमा आयोजित एक पत्रकार सम्मेलनमा भने । विश्वको पहिलो आणविक बम विष्फोटको ७७औँ वर्षगाँठको सम्झनामा उनी जापानको हिरोसिमा आयोजित समारोहमा उक्त धारणाा राखेका थिए ।

युक्रेनले शनिबार नयाँ रुसी गोलाबारीले तीन विकिरण सेन्सरलाई क्षति गरेको र जापोरिझिया पावर प्लान्टमा कामदारलाई चोट पुर्‍याएको उनले बताए ।

यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रसियाले ‘आणविक आतंक’ छेडेको आरोप लगाउँदै मस्कोको आणविक क्षेत्रमा थप अन्तर्राष्ट्रिय प्रतिबन्धहरूको आवश्यकता रहेको बताएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति