निर्वाचनका लागि मंगलबार दल दर्ता गराउँदै एमाले

काठमाडौँ । आगामी मंसिर ४ गतेका लागि तय प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)ले मंगलबार दल दर्ता गराउँदै छ ।

दिउँसो साढे १२ बजे निर्वाचन आयोग पुगेर दल दर्ताका लागि निवेदन दिने कार्यक्रम रहेको एमालेको निर्वाचन विभागका उपप्रमुख निरज आचार्यले बताए ।

दल दर्ताका लागि एमाले उपाध्यक्षहरू युवराज खतिवडा, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा ‘बादल’, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीपकुमार ज्ञवाली, उपमहासचिव तथा निर्वाचन विभाग प्रमुख विष्णु रिमाललगायत नेताहरू आयोग पुग्ने छन् ।

आयोगले आउँदो निर्वाचनका लागि आइतबारदेखि दल दर्ता सुरू गरिसकेको छ । आयोगले यही साउन ३१ गतेभित्र दल दर्ता गरिसक्न आह्वान गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति