पुरानो सुनलाई टल्काउछौँ भन्दै ठगी गर्ने दुई भारतीय नागरिक पक्राउ

सुर्खेत । पुरानो सुनलाई नयाँ बनाउँछौँ भन्दै ठगी गर्ने दुईजना भारतीय नागरिकलाई सल्यान प्रहरीले पक्राउ गरेको छ ।

पुरानो सुन (गरगहना) टल्काउने भन्दै विभिन्न रसायन प्रयोग गरी आधाभन्दा बढी सुन लुकाउने दुईजना भारतीयलाई शनिबार प्रहरीले सल्यानको बागचौर नगरपालिका७ बाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको बिहार प्रदेशका ६७ वर्षीय महेन्द्र साह र झारखण्ड प्रदेशका ५५ वर्षीय पोगो साह रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

उनीहरूले सल्यानको बागचौर नगरपालिकाका विभिन्न ठाउँहरुमा गएर ठगी गरेको प्रहरीको भनाइ छ । पक्राउ परेकालाई जिल्ला अदालत सल्यानबाट १० दिनको म्याद लिई प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति